• जेष्ठ ७ २०८१, सोमबार

राफामा इजरायलको आक्रमणपछि अमेरिकाले रोकिदियो हतियार आपूर्ति 

बैशाख २६ २०८१, बुधबार

काठमाडौं । गाजा क्षेत्रको दक्षिणी शहर राफामा आक्रमण गरेको विरोधमा अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोकिदिएको छ । अल जजीराका अनुसार, अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले गत साता हतियार आपूर्ति बन्द गरेको हो ।

समाचार एजेन्सीहरू एएफपी, एसोसिएटेड प्रेस र रोयटर्सले मंगलबार अमेरिकी अधिकारीको भनाइका आधारमा प्रकाशित गरेको रिपोर्ट अनुसार, गत अप्रिलमै अमेरिकाले इजरायललाई दिँदै आएको विशेष हतियार आपूर्तिबारे सावधानीपूर्वक समीक्षा गर्न थालेको थियो ।

गाजाको राफामा आक्रमण नगर्न अमेरिकासहित संसारका धेरै देशले इजरायललाई आग्रह गरिरहेका थिए । इजरायलले नमानेको अवस्थामा हतियार आपूर्तिबारे निर्णय लिने योजनामा बाइडेन प्रशासन थियो ।

‘ती सबै समीक्षापछि हामीले गत साता हतियारको एक आपूर्ति रोकिदिएका छौँ । यसमा ९०० सय र २ सय २५ किलो बम थिए’, ती अधिकारीले भनेका छन् ।