• जेष्ठ ६ २०८१, आईतवार

यमनका हुथी विद्रोहीद्वारा भूमध्यसागरमा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी

बैशाख २३ २०८१, आईतवार

काठमाडौं । यमनको हुथी समूहले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू आफूहरुको आक्रमणको निशाना हुने बताए ।

प्रवक्ताले इजरायलले दक्षिणी गाजामा रफाह विरुद्ध आक्रामक सैन्य कारबाही सुरु गरे हुथीहरूले इजरायली बन्दरगाहहरूसँग सम्झौता गर्ने सबै जहाजहरू र कम्पनीहरूलाई निशाना बनाउने बताए ।

इजरायलले आफ्नो युद्ध बन्द नगरेसम्म र गाजा पट्टीमा नाकाबन्दी नहटाएसम्म हामी सैन्य वृद्धिलाई निरन्तरता दिन नहिच्किचाउने बताए। यमनको लामो गृहयुद्ध सन् २०१४ मा सुरु भयो । जब हुथी समूहले राजधानी साना र रणनीतिक रेड सी बन्दरगाह शहर होडेडाहसहित देशको उत्तरी भागमा आफ्नो नियन्त्रण कब्जा गरेको थियो ।