• जेष्ठ ५ २०८१, शनिबार

प्रधानमन्त्रीद्वय बिडारी र खड्काको आमसञ्चारको परिचय विमोचन

बैशाख २१ २०८१, शुक्रबार

काठमाडौंः आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहालले सो पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत थिए । शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

यो पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बीए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिता अन्तरर्गतको पाठ्यक्रममा आधारित रहेको लेखक  द्वयले बताएका छन् । पूर्णाङ्क १०० को यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय हो ।

यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी भएको लेखक द्वयले बताएका छन् । यो पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दाहरू र पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिका लगायतका बारे चर्चा गरिएको छ ।

पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिवि अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्रिय छन् । पत्रकारितामा सक्रिय बिडारी त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमफिल–पीएचडी गरिरहेका छन् ।

उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत हुन् । त्यसैगरी उकेरा डटकममा कार्यरत लेखक खड्का विशेषगरी स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्छन् भने अर्किड इन्टरनेश्नल कलेजमा प्राध्यापनरत छन् । खड्काले काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस् अन्तर्गत भाषा तथा आम सञ्चार विभागमा सञ्चारसम्बन्धी विषयमा विद्यावारिधी (पीएचडी) गरिरहेका छन् । उनी नेपाल पत्रकार महासंघका सदस्य छन् ।