• जेष्ठ ५ २०८१, शनिबार

पालुङमा ‘मास्टर्नी’को छमछमी छिटटै सार्वजनिक हुँदै

बैशाख २१ २०८१, शुक्रबार

काठमाडौं । गायक तथा नायक देव आले मगर नयाँ गीत तथा भिडियो लिएर बजारमा आउँदैछन् । गायक देवले आफ्नो पछिल्लो गीत ‘मास्टर्नी’को भिडियो दर्शकमाँझ ल्याउन लागेका हुन् ।

देवसँगै मञ्जु थापाले गाएको ‘मास्टर्नी’ बोलको गीतको भिडियो हालै तामझामका साथ मकवानपुरमा छायाँकन गरिएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङमा यस गीतको छायाँकन गरिएको हो ।

फिल्मीशैलीमा छायाँकन गरिएको यस गीतको भिडियोमा गायक देव आले मगरसँगै रेनुका आले मगर फिचरिङ छिन् । भिडियोमा देव र रेनुकाबीचको अनस्क्रिन रोमान्स देख्न पाइने छ ।

गायक देवको महत्वकांक्षी गीत हो, किनकि लामो समयपछि यस गीतलाई उनले तामझामका साथ भिडियो निर्माण गरेका छन् । सांगीतिक बजारमा डान्सिङ शैलीका गीत चलिरहेका बेला देवले ‘मास्टर्नी’ ल्याउन लागेका हुन् । हाल सम्पादन भइरहेको यो भिडियो चाँडै सार्वजनिक गर्ने उनले बताए । भिडियोकी मोडल रेनुकाले पनि ‘मास्टर्नी’बाट आफू अपेक्षित रहेको बताइन् ।

चित्र मास्की मगरको निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरिरहेका छन् । यस भिडियोका लागि विमला तामाङले शृँगार पटार गरेकी छन् । धुव्र थापाको प्रोडक्शन रहेको यस भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । गीतमा देव आले मगरकै शब्द तथा लय रहेको छ ।