• जेष्ठ ५ २०८१, शनिबार

मन्त्रिपरिषद् बैठक बस्दै,बजेट अधिवेशन बोलाउन सिफारिस गरिने

बैशाख २० २०८१, बिहीबार
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ  । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अपराह्न चार बजे बस्ने गरी बोलाएको छ ।

बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ ।

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो । हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी सरकारले गरेको छ ।

जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।