• असार २५ २०८१, सोमबार

सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्छ – उपसभापति गुरुङ

बैशाख १९ २०८१, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन्।

बुधबार १३५ औँ मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका हुन् ।

उपसभापति गुरुङले गैरकानूनी ढोकाहरु सबै बन्द गर्नुपर्ने बताउदै गैरकानूनी ढोकाहरु बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने बताए । उहाँले विभिन्न काण्डमा मुछिएकाहरुलाई काम समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए ।

गुरुङले मजदुर र श्रमिकको पसिना बिना सिंहदरबार नचल्ने भन्दै सिंहदरबार छिर्नासाथ कोही पनि मालिक नहुने बताए ।

उपसभापति गुरुङले श्रमिकको निर्यात नगरी देशमै श्रमको सिर्जना गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । ।