काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्ने बताएका छन्
बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
अध्यक्ष थापाले कति वर्षमा देशभित्र रोजगारी सिर्जना गर्नसक्ने भन्ने बारेमा सरकार स्पष्ट खाका तयार पार्न आवश्यक रहेको बताए । उनले विदेशमा रोजगारीका लागि गएका लाखौँ युवाहरुलाई देशमै रोजगारी दिई फिर्ता गर्नसक्ने अवस्था कहिले बनाउने ?भन्दै प्रश्न गरे।
अध्यक्ष थापाले देशमा अहिलेको श्रमीकको अवस्था गम्भीर रहेको बताउदै यही रफ्तारमा विदेश पलायन हुने अवस्था रहने हो भने नेपाल श्रमिक शुन्य हुने मुलुकमा नेपाल पर्ने बताए । उनले श्रमिकहरुको पक्षमा ठोस र ऐतिहासिक निर्णय गर्न आवश्यक रहेको बताए ।
उनलेश्रम ऐन संशोधन र सुधारका लागि सशक्त ढंगले अघि बढ्न समेत जोड दिए ।