• जेष्ठ ५ २०८१, शनिबार

सलमानको घरमा गोली चलाएको घटनाका आरोपीले हिरासतमै गरे आत्महत्या

बैशाख १९ २०८१, बुधबार

काठमाडाैं । भारतीय अभिनेता सलमान खानको घरमा गोली चलाएको घटनाका आरोपीमध्ये एकले हिरासतमै आत्महत्या गरेका छन् ।

थुनामा रहेका बेला तौलीयाले पासो लगाएर आरोपी अनुज थापनले आत्महत्या गरेको भारतीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

१४ अप्रिलमा भएको घटनामा ५ जना पक्राउ परेका थिए । पासो लगाएर अचेत बनेका अनुजको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।