• जेष्ठ ४ २०८३, सोमबार

आफ्नै दाइको हत्या गरेको आरोपमा ३५ वर्षीय दीपक नेपाली पक्राउ

बैशाख १२ २०८१, बुधबार

काठमाडौं । हत्या आरोपमा कञ्चपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । आफ्नै दाइ नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका १ सिर्जना टोल बस्ने ३५ वर्षीय दीपक नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दीपकले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।