• जेष्ठ ४ २०८३, सोमबार

प्रहरीद्वारा १० फिट गहिरो खोँचमा खसेका पुरुषको सकुसल उद्धार

बैशाख १० २०८१, सोमबार

ललितपुर । सडक र घरको बिचमा रहेको करिब १० फिट गहिरो खोँचमा खसेका एक पुरुषको सकुसल उद्धार गरिएको छ । आइतबार राति महालक्ष्मी नगरपालिका वडा नं ३ स्थित टिकाथलीमा सडकमा हिँडिरहेको अवस्थामा ४३ वर्षीय रामेश्वर बोगटी सडक र घरको बिचमा रहेको १० फिट गहिरो खोँचमा खसेका थिए ।

जम्मा एक फिट चौडा उक्त खोंचमा उनी खसेको जानकारीपछि प्रहरी चौकी टिकाथली, प्रहरी प्रभाग इमाडोल र प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले उनलाई सकुसल उद्धार गरेको हो ।
उनको अहिले ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।