• जेष्ठ ५ २०८३, मंगलवार

पैसा लुट्न मनी ट्रान्सफरका सञ्चालककाे कञ्चटमा गाेली प्रहार, के छ उनकाे अवस्था ?

चैत्र २ २०८०, शुक्रबार

काठमाडौं । भारतीय नागरिकले रौतहटस्थित शिव मनी ट्रान्सफरबाट पैसा लुटपाट गर्न  शुक्रबार सञ्चालकको कञ्चटमा गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सो मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका रौतहट प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले  जानकारी दिए ।

उपचारका निम्ति उनलाई तत्काल स्थानीय अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित न्युरो अस्पतालमा पठाइएको एसपी श्रेष्ठले बताए ।

गोली प्रहार गर्ने भारत, बिहार प्रदेशको मोतिहारी जिल्लाको पूर्वी चम्पारणका मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह पक्राउ परेका छन् । उनीहरूका साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।