• जेष्ठ ५ २०८३, मंगलवार

सुन तस्करी जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

चैत्र १ २०८०, बिहीबार

काठमाडौँ । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प्रतिवेदन तयार भइसकेकाले आज सरकारलाई बुझाउने जानकारी दिए । आयोगका पदाधिकारीले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन् ।

दुई दिनअघि नै प्रतिवेदन बुझाउने तयारी रहे पनि राष्ट्रियसभाको अध्यक्ष चयन तथा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासका मत लिने समय परेकाले आज बुझाउन लागिएको बताइएको छ ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा २ महिना थपेर फागुन २८ गतेसम्मका लागि लम्ब्याइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०।७१६ र इलेक्ट्रिक चुरोट ९भेप० मा लुकाई तस्करी गरिएको साढे ९ केजी सुन अनुसन्धानका लागि गठित १४ सदस्यीय आयोगले करिव चारसय पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा सुन तस्करी नियन्त्रणका लागि विभिन्न सुझाव दिइएको बताइएको छ । विमानस्थलमा भएका कमीकमजोरीलाई पनि प्रतिवेदनमा समेटिएको छ ।