गोवा, भारत । ब्रेन ट्युमरबाट पीडित दाङ शान्तिनगर गाउँपालिका वडा नं ६ निवासी गोपाल पुन र कल्पना पुनकी ७ वर्षीया छोरी दीक्षा पुनलाई भारतको गोवाबाट रू. ७० हजार उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ ।
समाजसेवी मनिष परियारको नेतृत्वमा त्यहाँ भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आर्थिक सहयोग उठाएर दीक्षा पुनलाई सहयोग प्रदान गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रगतिशील नेपाली समाज समिति भारतका अध्यक्ष लोकेन्द्र सेर्पालीले दीक्षा पुन जस्तै उपचारको अभावमा लाखौं बालबालिका स्वास्थ्य शिक्षा जस्ता अधिकारबाट बञ्चित हुनुपरेको तितो अनुभव सुनाए । सेर्पालीले स्वास्थ र शिक्षा जस्ता मानवजातिका नैसर्गिक अधिकारमाथि राज्यले विषय ध्यान पुर्याउनु पर्ने बताए ।
त्यस्तै उनले भारतमा पनि नेपालीहरु विभिन्न प्राविधिक कठिनाइकाका कारण स्वास्थ्य शिक्षाबाट बञ्चित हुनुपरेको र समस्या समाधानका लागि नेपाली दुतावासले कुटनैतिक माध्यमबाट भारत सरकारको ध्यानाकर्षण गराउनुपर्ने सुझाव दिए ।
उक्त रकम आज नै परिवारको खातामा जम्मा गरिएको समाजसेवी मनिष परियारले जानकारी दिए । साथै उनले दीक्षाको जीवन रक्षाका लागि सबैजनाले सक्दो सहयोग गर्न अपिल गर्दै सहयोगदाताहरुलाई धन्यवाद पनि दिएका छन् ।
सहयोगदाताहरु :
मनिष परियार ८००५ , महेश परियार ४८००, मीनबाहादुर परियार ८००, मोहन वली ४८०, बिक्रम परियार ८००, दिपेन्द्र बिटालु २०००, ध बहादुर बिटालु ८०५, प्रदिप परियार १६००, बालकृष्ण बस्नेत ८००, सुवास केसी १६००, पुर्णबहादुर साजवाला ४८०, पवन परियार २४००, डम्बरबहादुर वली ८००, विशाल महर ८८०, रमेश काबरेल २४००, सुनिता परियार १६००, खिमबहादुर परियार ४००, पङ्कच परियार १६००, सुखमाया खड्का १६००, मानबहादुर केसी २०००, हिमाल बिटालु १६००, कुलबहादुर परियार २४००, गौरी पौडेल ३२०, राजु बिसी ३२८०, प्रकाश वली ८०८, हस्त रसाइली २०००, मिना चौधरी २५६०, रमेश बिसी ८००, ईश्वर रानाभाट ५६०, शिवा परियार ८००, शेर बोहरा १२१७, शुसिला परियार १६००, क्शेट्रा डाँगी २४००, टेकबहादुर परियार १६००, रमेश थापा १६००, प्रकाश थापा १७६०, दिपिका केसी लोहनी १६१६ र प्रगतिशील नेपाली समाज समिति गोवा राज्यकमिटीद्वारा ६५६० सहयोग प्रदान भएको छ ।