• जेष्ठ ५ २०८३, मंगलवार

आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ, बाबु-छोरीकै नाम गोप्य राखियो

फाल्गुन २७ २०८०, आईतवार

अछाम । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा अछाममा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिकाका ती व्यक्तिलाई आफ्नी १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको बेला उनले छोरीलाई बलात्कार गरेका बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बालिकाको स्वाब संकलन गरेर विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको छ ।

स्वास्थ्य जाँचपछि बालिकालाई सुरक्षित आवासगृहमा राखिएको साउदले जानकारी दिए । पक्राउ परेका ३५ वर्षीय बाबुलाई जिल्ला अदालत अछामबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।