• जेष्ठ ५ २०८३, मंगलवार

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले एक्यवद्धता

फाल्गुन २५ २०८०, शुक्रबार

काठमाडौँ  । आज पर्न गएको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले एक्यवद्धता जनाएको छ ।

आज ८ मार्चको दिन  संसार भरका उत्पीडित महिलाहरुले आफ्नो मुक्तिको सुरुवातीको दिनको रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसैबीच नेपाल लगायत संसार भर आज मनाउन लागिएको ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्तिमार्फत् आज संसारभर गरिने आठ मार्च सम्बन्धि कार्यक्रमहरुमा एक्यवद्धता जनाएका छन् ।

यस्तो छ अध्यक्ष केसीद्वारा जारी विज्ञप्ति :

‘आज ८ मार्च । अन्तरराष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनमा एक ऐतिहासिक दिन । आज संसारभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरुले ११४औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस अन्तरराष्ट्रिय श्रमिक महिलाहरुको ११४औं अन्तरराष्ट्रिय महिला दिवसप्रति विश्वभर क्रियाशील हाम्रो अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्दछ । आजसम्म पनि विश्वभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरु एकातिर वर्गीय रुपले र अर्कोतिर जातीय, क्षेत्रीय लिंगीय, धार्मिक तथा पृतिसत्तात्मक रुपले शोषण ,दमन र उत्पीले थिचिदै आएका छन् । यी दुईवटा पहाडलाई नभत्काई महिला मुक्ति सम्भव छैन । त्यसैले अन्तरराष्ट्रिय महिला आन्दोलन वर्गीय मुक्ति आन्दोलनको एक अंग हो भन्ने बुझाई हाम्रो संगठन अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको रहेको छ । महिला र पुरुष विश्व सर्वहारा क्रान्तिका एक गाडीका दुई पांग्रा हुन् भन्ने हाम्रो संगठनको ठहर छ । त्यसैले हामीले संसारभरका श्रमजीवी तथा उत्पीडित महिलाहरुलाई पुरुषहरुसित काँधमा काँध मिलाएर सामन्तवाद तथा साम्राज्यवाद विरोधी आन्दोलन अर्थात् अन्तरराष्ट्रिय सर्वहारा क्रान्तिमा लामबद्ध हुन हार्दिक अनुरोध र अपिल गर्दछ ।’
क्रान्तिकारी अभिवादन सहित ।

मिति : ८ मार्च २०२४
२५ फागुन २०८०
हस्तबहादुर केसी
अध्यक्ष
अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्र