काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरी दिशाबाट जहाज अवतरणमा रोक लगाइने भएको छ ।
आगामी चैत्र १९ (अप्रिल १)देखि उत्तरी दिशाबाट जहाज अवतरणमा रोक लगाइने भएको हो ।
‘रनवे टूजिरो’को उत्तरी क्षेत्रमा ‘ट्याक्सी वे’मा काम गर्नुपर्ने भएकाले असार १६ (जुन ३०)सम्मका लागि जहाज अवतरणमा रोक लगाइएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार विमानस्थलको तीन हजार ४५ मिटर लामो रनवेको उत्तरतिरको २३६ मिटर बन्द हुन लागेको हो । रनवेको २३६ मिटर घट्ने भएकाले ठूला जहाजलाई रनवे नपुग्ला भनेर अवतरणमा रोक लगाइएको हो ।