• जेष्ठ ५ २०८३, मंगलवार

धारिलो हतियार प्रहार गरी एक बालिकाको विभत्स हत्या

फाल्गुन २२ २०८०, मंगलवार

मोरङ । मोरङ पथरीमा एक बालिकाको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ।

खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको पथरी नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित करिब रातको १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको हो। दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्की पनि आइपुगेका छन्। घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।