• जेष्ठ ५ २०८३, मंगलवार

शालिन पोखरेलको परिवारलाई न्याय दिलाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

फाल्गुन १९ २०८०, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीया बालिका शालिन पोखरेलको परिवारलाई न्याय दिलाउने प्रतिवद्धता गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु । घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ ।’

पोखरेलका बाबुले छोरीको हत्या भएको दाबी गर्दै आएका छन् भने प्रहरीले यो प्रकरणमा विद्यालयका प्रिन्सिपललगायतलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

कांग्रेस र एमालेले याे घटनाकाे सत्यतथ्य छानबिन गरी दाेषीमाथि कारवाही गर्न माग गरेका थिए ।