• जेष्ठ ५ २०८३, मंगलवार

मिटरब्याजीपीडितले एमाले महासचिव पोखरेललाई भेटे, आफ्ना माग पूरा गर्न पहल गरिदिन आग्रह

फाल्गुन १७ २०८०, बिहीबार

काठमाडौं । मिटरव्याज पीडितहरूले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भेटेर आफ्ना माग पूरा गराउन आवश्यक पहल गरिदिन अनुरोध गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा महासचिव पोखरेलले मिटरव्याज पीडितहरूको आन्दोलनप्रति पार्टीको ऐक्यवद्धता रहेको र संसदबाट कानुन समेत बनेको हुँदा सरकारले मिटरव्याजीहरूलाई कारबाही र पीडितहरूलाई न्याय दिनुपर्ने पार्टीको धारणा जानकारी गराएका थिए ।

महासचिव पोखरेललाई भेट्न मिटरव्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समिति नेपालका प्रवक्ता निर्ग नविनको नेतृत्वमा बोधकुमारी गिरी, उमेश गिरी र विशाल क्षेत्री एमाले मुख्यालय गएका थिए ।