• जेष्ठ ५ २०८३, मंगलवार

सरकार र मिटरव्याज पीडितबीचको वार्ता असफल, के-के छन् पीडितका मागहरु ?

फाल्गुन १६ २०८०, बुधबार

फागुन १६, काठमाडौँ । आज भएको मिटरब्याज पीडित र सरकारबिचको वार्ता निष्कर्षविहीन भएको छ । मिटरब्याज पीडित र सरकारबिचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो । सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निणर्य हुन सकेन ।

वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए । उनले आफूहरुको आन्दोलन जारी रहने बताए ।

उनले आफूहरुको माग फर्जि लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूणर्लाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूणर् सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए । त्यस्तै साहुहरुको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनको भनाई छ ।

त्यस्तै अदालती प्रक्रियालाई स्थगित गर्नुपर्ने र अदालतबाट फैसला भइसकेका मुद्धाहरु आयोगमा झिकाइ पुनरावलोकन गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनले बताए ।