काठमाडौँ । काठमाडौँमा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो ।
झडपमा नगर प्रहरीका मनोज लामिछानेसहित ५ जना घाइते भएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । घाइतेहरुको वीर अस्पतालमा उपचार भैरहेको उनले बताए ।
९ बजेअघि व्यवसाय सुरु नगर्न भन्दा फुटपाथ व्यवसायीहरुले आफूहरुमाथि आक्रमण गरेको उनले आरोप लगाए । फुटपाथ व्यवसायीले साँझ ७ बजेपछि व्यापार सुरु गरेपछि नगर प्रहरीले हटाएको थियो । नगर प्रहरीको एक्सनलगत्तै दुई पक्षबिच झडप भएको बताइएको छ ।
यसघि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसाय हटाएपनि पछिल्लो समय राति ९ बजेपछि राख्न दिने निणर्य गरेको थियो ।