काठमाडौं । नेपाल मगर संघ बागलुङ-काठमाडौं सम्पर्क समितिको आयोजनामा काठमाडौंमा वनभोज कार्यक्रम सम्पन्न भएको छ । बालाजुस्थित २२ धारामा सम्पन्न भएको सो कार्यक्रममा पञ्चेबाजाको साथमा बागलुङ्गे कलाकारहरुको सहभागीता थियो । कार्यक्रममा विभिन्न गीतसंगीतमा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
वनभोज कार्यक्रममा बागलुङबाट काठमाडौं आइ विभिन्न पेसा तथा रोजगारीमा आवद्द भएकाहरु र बृद्धबृद्धा तथा बालबालिकाहरुको सहभागीता थियो । सो अवसरमा अनुसन्धानकर्ता महावीर पुनद्वारा लिखित पुस्तकको प्रदर्शनी तथा विक्री वितरण भएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समन्वय समितिका सदस्य रेम पुनमगर, अधिवक्ता तथा सो संगठनका महासचिव राजकुमार रानामगर, सोही संगठनका केन्द्रीय सचिव दीपक थापामगर, बमबहादुर थापामगर, हरी पुलामी, राधिका आले, मन्दिरा आले, शीलु रानामगर, हेम आले, बागलुङको गलकोट नगरपालिकाकी पूर्वउपप्रमुख रेणुका काउचामगर, इन्दिरा श्रीष, नेपाल मगर विद्यार्थीका पूर्वअध्यक्ष दीपा आलेमगर, समाजसेवी डम्मर थापामगर, बागलुङ राङखानी मगर समाजका उपाध्यक्ष सत्यबहादुर पुनमगर, हीरा श्रीषमगर, मगर महिला संघका कोषाध्यष सुधा रानामगर, विन्द्रा ब्रिन्चिङ, खगिसरा श्रीषमगर, पञ्चकली पुन, तिर्सना पुन, अमृता राना, सपना आलेमगर, चनमति पुन, टेक पुनमगर, ग्रहण थापा, लालमति छन्त्याल, डम्बर थापा, तुलसा आलेमगर, कणर्बहादुर पुनकाउचा, एमबी घर्तीमगर, गोविन्द रानामगर, मित्र थापा, इश्वर पुन, दील राना, ज्ञानु रानामगर, तेजेन्द्र थापामगर, भीम श्रीष, गगन पुन, ऋषि राना, नारायण पुन, जुनु पुन, मीरा मगर लगायतका अतिथिहरु उपस्थित थिए ।
कार्यक्रममा हरीमाया श्रीषपुनले स्वागत मन्तव्य राखेकी थिइन् भने शुभकामना मन्तव्य ऋषि रानाले राखेका थिए । कार्यक्रमका अध्यक्ष बुद्धिमाया पुन र प्रमुख अतिथि झविन्द्र पुनले संयुक्तरुपमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा राणा शासन विरोधी आन्दोलनका प्रथम सहिद लखन थापा र नेपाल मगर संघका प्रथम अध्यक्ष हेमबहादुर पुनको तस्वीरमा माल्यार्पण गरी सम्मान गरियो । कार्यक्रममा विपन्न अवस्थाका विद्यार्थीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरियो ।
कार्यक्रममा बोल्दै बागलुङको गलकोट नगरपालिकाकी पूर्वउपप्रमुख रेणुका काउचामगरले मगर भाषा र भेषभूषाको प्रवद्र्धन गर्न थप जागरुकता ल्याउनु पर्ने बताइन् । उनले केटालाई चिठी लेख्छे भनेर हाम्रा आमाहरुलाई शिक्षाबाट बञ्चित गरिएपनि हामीले भने आफ्ना सन्तानलाई पढाउनु पर्ने धारणा राखिन् ।
कार्यक्रमका अध्यक्ष बुद्धिमाया पुनले मगर समुदायको पहिचान बचाइराख्नको लागि सबै एकठाउँ आउन पर्ने धारणा राखिन् ।
तस्वीर : राेमन बुढामगर