• जेष्ठ ५ २०८३, मंगलवार

प्रसूति गृहबाट बच्चा चोरी: शिशुको सकुशल उद्धार, ३ जना पक्राउ

फाल्गुन १२ २०८०, शनिबार

काठमाडौँ ।  थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी भएको शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार  सीसीटिभी फुटेजका आधारमा काठमाडौँको काँडाघारीस्थित सनसिटी अपार्टमेन्ट क्षेत्रबाट शिशुको उद्धार गरी चोरी गर्ने महिलासहित तीनजनालाई पक्राउ गरेको हो ।

हिजो दिउँसो अस्पतालबाट शिशुको चोरी भएको थियो ।  चोरी गर्ने दैलेखकी २४ वर्षीया मनीषा सिंह सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनिषाकी दिदी र श्रीमानसमेत छन् ।

काभ्रे घर भई काठमाडौँ बस्दै आएकी सविना श्रेष्ठको २६ दिने शिशु शुक्रबार दिउँसो प्रसुतिगृहबाट चोरी भएको थियो।

शिशुको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार पछि बालिकाको परिवारको जिम्मा लगाइएको छ ।