• जेष्ठ ५ २०८३, मंगलवार

दुई दिनभित्र दाङका थापा र रोल्पाका रानाको शव मलेसियाबाट नेपाल ल्याइयो

फाल्गुन ८ २०८०, मंगलवार

काठमाडौं । मलेसियाबाट दुई दिनमा २ जना नेपाली श्रमिकको शव नेपाल आइपुगेका छन् । दाङको घोराही उपमहानगरपालिका नारायणपुरका तुलाराम थापाको ९ फेब्रुअरी २०२४ मा मलेसियामा सडक दुर्घटनामा परि निधन भएको थियो ।

थापा मलेसियामा अवैधानिक रुपमा रहेकोले प्रहरी रिपोर्ट, अस्पतालको रिपोर्ट र मलेसियास्थित नेपाली दुतावासले आवश्यक कागजपत्र तयार बनाएपछि १९ फेब्रुअरी २०२४ का दिन  उनको शव नेपाल पठाइएको थियो ।

मृतक थापाका बुवा र आमा पनि मलेसियामै रहेको र आमालाई छोराको शव बुझ्नको लागि नेपाल पठाइएको रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष तिपेन्द्र बुढामगरले जानकारी दिए ।

त्यसैगरी मलेसियाको समुन्द्रमा डुबेर मृत्यु भएका परिवर्तन गाउँपालिका-३ रोल्पाका गणेश रानाको शव पनि आज नेपाल ल्याइएको छ । मृतक राना रोजगारीको शिलशिलामा मलेसियामा  थिए ।

राना चिनियाँ नयाँ वर्षको बिदामा १२ फेब्रुअरीका दिन समुन्द्री तटमा घुमघामको क्रममा अचनाक समुन्द्रमा खसेर बेपत्ता भएका थिए । समुन्द्रमा खसे लगत्तै उनको खोजी गरिएपनि २ दिन पछि मात्रै उनको शव समुन्द्रको छालमा भेटिएको थियो ।

राजदुतावास र रोजगारदाता कम्पनीको पहलमा समुन्द्रको वरिपरि खोजी गरि शव भेटाइएको थियो ।

अस्पतालको पोस्टमार्टम् रिपोर्ट आएपछि नेपाली राजदुतावास मलेसियाले आवश्यक कागजपत्रहरु तयार पारे पछि रानाको शव नेपाल पठाउन सहज भएको हो ।

उक्त घटनाका बारेमा रोल्पाली सेवा समाज मलेसिया शाखाले मृतकका आफन्त र मलेसियामा दुतावाससँग समन्वय गरिरहेको जानकारी रोल्पाली सेवा समाज शाखाका अध्यक्ष बुढामगरले दिए ।