• जेष्ठ ६ २०८३, बुधबार

कपिलबस्तु बस दुर्घटना : सेनाका जवानसहित मृतक १० जनाकै परिचय खुल्यो

फाल्गुन ३ २०८०, बिहीबार

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।

त्यस्तै भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका-२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका-९ बिसफाँटा बस्ने विमला देवी भट्ट रहको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको थियो । घटनामा ३० जना घाइतेको भएका छन् ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा घाइतेको नौ जनालाई बुटवल पठाइएको र अरुको स्थानीय अस्पताल उपचार भइरहको बताए । दुर्घटनाको कारण अझै खुल्न नसको बताए ।