• जेष्ठ ६ २०८३, बुधबार

ह्याक भएको वेबसाइट बनाउन त्रिविलाई लाग्यो १५ दिन

फाल्गुन २ २०८०, बुधबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट १५ दिनपछि आज (बुधबार) लाइभ देखिएको छ ।

गत माघ १६ गते कार्यालयको वेबसाइट टीयूइक्जामडटईडीयूडटएनपी ह्याक भएको थियो । ह्याक भएको १५ दिनपछि वेबसाइट सञ्चालनमा आएको हो ।

यसबीचमा त्रिविका सूचना एवं अन्य जानकारी पाउन विद्यार्थी एवं सेवाग्राहीलाई समस्या भएको थियो ।