• जेष्ठ ६ २०८३, बुधबार

पाल्पामा जीप दुर्घटना, आठजनाको घटनास्थलमै मृत्यु

फाल्गुन १ २०८०, मंगलवार

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार पाल्पाको डुम्रेबाट चिदिस जाँदै गरेको जीप मंगलबार दुर्घटना भएको हो ।

लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भएर ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेको उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।