• जेष्ठ ६ २०८३, बुधबार

प्रकाश डुम्रेले गरे दुर्गेश थापामाथि स्टेजमै जुत्ता प्रहार, मच्चियो लफडा

माघ २८ २०८०, आईतवार

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । शनिबार राति स्याङ्जाको वालिङ महोत्वसमा गीत गाइरहेका बेला उनीमाथि जुत्ता प्रहार गरिएको हो ।

वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ महोत्सवमा प्रस्तुति दिन थापा स्याङ्जा पुगेका थिए ।

थापाले प्रस्तुति दिइरहेका बेला दर्शक प्रकाश डुम्रेले स्टेजतर्फ आफ्नो जुत्ता प्रहार गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी सञ्जय राउतले जानकारी दिए ।

एसपी रावतले सञ्चारमाध्यमसित भने, ‘हामीले डुुम्रेलाई नियन्त्रणमा लिएका थियौँ । तर, उनले मदिरा खाएको तालमा बढी एक्साइटेड भएर जुत्ता फालेको बयान दिए । जुत्ता दुर्गेशलाई लागेको होइन । आज (आइतबार) दुर्गेशसहित छलफलपछि डुम्रेलाई पनि छाडिसक्यौँ ।’