काठमाडौं । ललितपुरको इमाडोलस्थित एक घरको चौथो तलाबाट हाम फालेकी महिलाको मृत्यु भएको छ ।
चौथो तलाबाट हाम फालेकी ३६ वर्षीया रबिना महर्जनको मृत्यु भएको हो । उपचारको क्रमाम किस्ट अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
शनिबार अपराह्न ४:३० बजेतिर महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एक घरको चौथो लतलाबाट उनले हाम फालेकी थिइन् ।
४ तला माथिबाट हाम फालेकी रबिनालाई उपचारका अस्पताल पठाएर घर भित्र हेर्दा उनका २ छोरा–छोरी अचेत अवस्थामा भेटिएका थिए ।
रबिनाका ६ वर्षीया छोरा र २ वर्षीया छोरीलाई उपचारका लागि किस्ट अस्पताल पठाइए पनि डाक्टरले मृत घोषित गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । बच्चाहरुको मृत्युको कारण खुलिसकेको छैन ।