• जेष्ठ ६ २०८३, बुधबार

लमजुङ क्याम्पसमा एमाले र कांग्रेसका विद्यार्थीबीच कुटाकुट, एकजनाको अवस्था गम्भीर

माघ २७ २०८०, शनिबार

बेसीशहर । लमजुङको कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा दुई ठूला दलका विद्यार्थी संगठनबीच झडप भएको छ ।

सदरमुकामको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पसको होस्टलमा शनिबार बिहान कांग्रेसनिकट नेविसंघ र  एमालेनिकट अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो ।

नेविसंघनिकट भनिएका विद्यार्थी अखिलमा लगिएको निहुँमा विवाद सुरू भएको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । नेविसंघनिकट विद्यार्थीले बिनाकारण चौरमा बसिरहेका विद्यार्थीमाथि रड प्रहार गरेको अनेरास्ववियुको दाबी छ ।

यो घटनामा अनेरास्ववियुमा आबद्ध चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर थानेश्वर चापाईंले जानकारी दिए । घटनामा संलग्न कसैलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन ।

घाइते मदन रिजाल र वेदान्त घिमिरेलाई पोखरास्थित गण्डकी मेडिकल कलेज ल्याइएको छ भने टिकाराम ढकाल र विराज सुवेदीलाई चितवन मेडिकल कलेज लगिएको छ ।

घाइते ढकाल अर्धचेत अवस्थामा रहेको अनेरास्ववियु लमजुङका अध्यक्ष सागर खड्काले बताए । ‘त्यहाँ नयाँ विषय केही छैन । पहिल्यैदेखि विवाद भइरहन्थ्यो । आज होस्टलको चौरमा बसिरहँदा एक्कासी हुल आएर रडले हानेको कुरा छ,’ खड्काले शिलापत्रसँग भने, ‘टिकाजी टाउकोमा चोट लागेर सिरियस हुनुहुन्छ । अरू साथीहरू कसैको हात, कसैको खुट्टामा चोट लागेको छ ।’

लमजुङको कृषि र पशु विज्ञान अध्ययन संस्थानमा दुई दलका विद्यार्थी संगठनबीच झडप भएको छ । सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पसको होस्टलमा शनिबार बिहान कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो ।

नेविसंघनिकट भनिएका विद्यार्थी अखिलमा लगिएको निहुँमा विवाद सुरू भएको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । नेविसंघनिकट विद्यार्थीले बिनाकारण चौरमा बसिरहेका विद्यार्थीमाथि रड प्रहार गरेको अनेरास्ववियुको दाबी छ ।

यो घटनामा अनेरास्ववियुमा आबद्ध चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर थानेश्वर चापाईंले जानकारी दिए । घटनामा संलग्न कसैलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन ।

घाइते मदन रिजाल र वेदान्त घिमिरेलाई पोखरास्थित गण्डकी मेडिकल कलेज ल्याइएको छ भने टिकाराम ढकाल र विराज सुवेदीलाई चितवन मेडिकल कलेज लगिएको छ ।

घाइते ढकाल अर्धचेत अवस्थामा रहेको अनेरास्ववियु लमजुङका अध्यक्ष सागर खड्काले बताए । ‘त्यहाँ नयाँ विषय केही छैन । पहिल्यैदेखि विवाद भइरहन्थ्यो । आज होस्टलको चौरमा बसिरहँदा एक्कासी हुल आएर रडले हानेको कुरा छ,’ खड्काले  भने, ‘टिकाजी टाउकोमा चोट लागेर सिरियस हुनुहुन्छ । अरू साथीहरू कसैको हात, कसैको खुट्टामा चोट लागेको छ ।’