• जेष्ठ ६ २०८३, बुधबार

१५ हजार घुस लिने कलैया मालपोतका खरिदार साह भ्रष्टाचारी ठहर

माघ २६ २०८०, शुक्रबार

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय, कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले  साहलाई दोषी ठहर गरेको हो ।

अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । उनीमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको अभियोग थियो ।

उनले मागेको पैसा बुझिदिने गौरीशंकर कुमार साहलाई मतियार ठहर गर्दै अदालतले साढे सात हजार रुपैयाँ जरिवाना र १५ दिनको कैद सजाय सुनाएको छ ।