• जेष्ठ ६ २०८३, बुधबार

ठगी मुद्दामा फरार रहेका प्रतिवादी इन्टरपोलमार्फत कतारबाट पक्राउ

माघ २६ २०८०, शुक्रबार

काठमाडौं । ठगी मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएका सहकारी संस्थाका एक जना प्रबन्धकलाई कतारमा पक्राउ गरिएको छ ।

काठमाडौं महानगरपालिका-३२ तीनकुनेमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय प्रमोद सिजापतीलाई कतारमा पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- ४ गणेशपुर घर भएका सिजापतीलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी शुक्रबार काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।