• जेष्ठ ६ २०८३, बुधबार

४३ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान (सूचनासहित)

माघ २६ २०८०, शुक्रबार
काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले एक सूचना जारी गर्दै आन्तरिक खुला, खुला तथा समावेशी गरी ४३ जनाका लागि दरखास्त आह्वान गरेको हो। आयोगको अनुसार आन्तरिक खुला तर्फ २१, खुल्ला १२, महिला चार, आदिवासी/जनजाति दुई, मधेसी दुई, दलित र अपाङ्ग एक–एक जनाका लागि दरखास्त माग गरेको हो ।

लिखित र अन्तरवार्ता हुने उक्त परीक्षा काठमाडौँ उपत्यकाबाट मात्रै लिइने सूचनामा बताइएको छ ।

उक्त विज्ञापनमा आज शुक्रबार(विज्ञापन प्रकाशन भएको दिनदेखि) ३० दिनभित्र दरखास्त दिन सकिने छ। साथै दोब्बर दस्तुरमा त्यसको सात दिन पछि पनि दरखास्त दिन सकिने छ।