• जेष्ठ ६ २०८३, बुधबार

सुन तस्करी प्रकरणमा मुछिएकी अमला रोकाविद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

माघ २४ २०८०, बुधबार

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएर फरार भएकी प्रतिवादी अमला रोकाविद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ । ब्रेक शुमा सुन तस्करी गरिएको प्रकरणमा उनी फरार प्रतिवादी हुन् ।

नेसनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्जू नोटिस जारी गरेको हो । रोका सुन तस्करीमा मुछिएका बेल्जियमका नागरिक दाबा छिरिङका श्रीमती हुन् ।

यो दम्पतीले ठमेलमा होटेल भियना सञ्चालन गर्दै आएको थियो । रोका नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क समितिकी पूर्वउपाध्यक्ष समेत हुन् ।