• जेष्ठ ६ २०८३, बुधबार

अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई जेल चलान गर्न आदेश

माघ २३ २०८०, मंगलवार

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमले मंगलबार थुनछेक बहसपछि चार जनालाई थुनामा पठाउन आदेश गरेका हुन् ।

अदालतले अध्यागमन अधिकृत खड्का, काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र सरोजकुमार यादव र अरुण दाहाललाई थुनामा पठाउन आदेश दिएको छ । बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । सरोजकुमार यादव एण्ड होलिडेज टुर्स एण्ड ट्राभल्सका संचालक हुन् ।

अरुण दाहाल बिचौलिया हुन् । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न गीता शाहसँग अदालतले ५ लाख धरौटी मागेको छ ।

पदम लामालाई १ लाख, विनोद कार्कीलाई २ लाख, रामप्रसाद भण्डारीलाई ७ लाख, रविन अर्याललाई १ लाख र दिनेश ज्ञवालीलाई ७ लाखमा रिहा गर्न अदालतले आदेश गरेको छ ।