• जेष्ठ ६ २०८३, बुधबार

लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

माघ २३ २०८०, मंगलवार

मोरङ । बिराटनगर महानगरपालिका-१३ बिराटनगर आँखा अस्पताल छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ९ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खैरो हिरोइनसहित भारत घर भएका २६ वर्षीय सहजात अली समेत २ जनालाई साेमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । खैरो हिरोइनका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।