• भाद्र ८ २०८३, सोमबार

बिल गेट्सलाई पछि पार्दै फेसबुकका फाउन्डर जुकरवर्ग बने विश्वको चौथो धनी

माघ २२ २०८०, सोमबार

सामाजिक सञ्जाल फेसबुकका फाउन्डर मार्क जुकरवर्ग विश्वकै धनीको सूचीमा चौथो स्थानमा पुगेका छन् । सन् २०२४ मा सबैभन्दा धेरै कमाउने बिलिनियर बनेका उनले यो वर्ष ४२.४ अर्ब डलर कमाएका छन् ।

फेसबुक इंकको शेयर मूल्यमा भएको वृद्धिपछि उनको सम्पत्ति (नेट वर्थ) १७० अर्ब डलर पुगेको छ । उनले एकै झट्कामा २८.१ अर्ब डलर कमाएका थिए । त्यसपछि उनी विश्वको चौथो धनी बनेका हुन् ।

उनले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछाडि पारेका छन् । बिल गेट्सको सम्पत्ति (नेट वर्थ) १४५ अर्ब डलर छ । उनी पाँचौ स्थानमा पुगेका छन् ।

३९ वर्षीय मार्क जुकरवर्गले २००४ मा फेसबुकको स्थापना गरेका थिए । त्यसपछि उनी २३ वर्षकै उमेरमा बिलिनियर बनेका थिए । हाल टेस्लाका संस्थापक इलन मस्क २०५८ अर्ब डलरका साथ विश्वकै एक नम्बर धनी छन् ।