• जेष्ठ ६ २०८३, बुधबार

संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, यस्ता छन् सम्भावित कार्यसूची

माघ २२ २०८०, सोमबार

काठमाडौं ।  सङ्घीय संसद्को तेस्रो अधिवेशन आज सुरु हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपतिको पत्रपछि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् ।

संघीय संसद सचिवालयका कार्यबहाक महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठक दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुनेछ ।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८० पेस गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।