• जेष्ठ ६ २०८३, बुधबार

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा महानगरले चलायो डोजर

माघ २१ २०८०, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामाथि डोजर चलाएको छ ।
आइतबार काठमाडौं महानगर-३१ आलोकनगरस्थित सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि डोजर चलाइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

उनका अनुसार त्यहाँ केही सार्वजनिक जग्गा मिचेर संरचना बनाइएका थिए भने केही नक्सा पास नगरी संरचनाहरू बनाएका थिए ।

‘त्यहाँ आज १४ वटा टहराहरूमाथि डोजर चलाइएको छ,’ उनले भने, ‘त्यहाँ महानगरपालिकाले खेलकुद पार्क बनाउने छ ।’