• जेष्ठ ६ २०८३, बुधबार

यात्रुवाहक बस र  टिपर ठोक्किँदा १७ जना यात्रु घाइते

माघ १९ २०८०, शुक्रबार

काठमाडौं ।  नवलपरासीको सुनवलमा यात्रुवाहक बस र  टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

काठमाडौंबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल – ४ मा ठक्कर खाएको जिल्ला प्रहरी  कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए ।

 दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।