काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । दुई दिनअघि मात्र १४ किलो सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्ट र सुडानका नागरिकहरु पक्राउ परेका छन् ।
गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए । चेकजाँचको क्रममा उनीहरु राति १२ः४५ बजे पक्राउ परेका थिए ।
भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।