• जेष्ठ १० २०८३, आईतवार

रमाइला १५ तथ्यहरु

भाद्र १९ २०८०, मंगलवार

१)तासका खेलमा हुने प्रत्यक बादशाहले पश्चिमी इतिहासका महान् राजाहरुको प्रतिनिधित्व गरेको हुन्छ सुरत –राजा डेभिड,चिडि–अलेक्ज्यान्ड महान इँट –जुलियस र पान –शाार्लमेन ।
२)१११,१११,१११ लाई १११,१११,१११ ले गुण ग¥यो भने १२,३४५,६७८,९८७,६५४३२१ निस्कन्छ ।
३)घोडामा सवार व्यक्तिको मूर्तिमा घोडाले अगाडिका दुवै खुट्टा हावामा उचालेको छ भने घोडासवार युद्वमा मारिएको हो । घोडाको अगाडिपट्टिको एउटा खुट्टा हावामा उचालिएको छ भने घोडासवार युद्वमा लागेको घाउका कारण पछि मरेको हो । घोडाका चारै खुट्टा जमिनमै छन् भने घोडसवारको प्राकृतिक मृत्यु भएको हो ।
४)प्रश्न ः बुलेटप्रुफ कपडा ,भवनमा आगो लाग्दा बाहिर निस्कने सिँढी,गाडीको वाइपर तथा प्रिन्टरमा के समानता छ ?
उत्तर ः यी सबै महिलाले आविष्कार गरेका हुन् ।

५)मह कहिलेपनि विग्रदैन
६)गोहीले आफ्नो जिभ्रो बाहिर निकाल्न सक्दैन ।
७)चिप्लेकीरा तीन वर्षसम्म सुत्न सक्छ ।
८)सबै हिउँभालु देब्रे हाते हुन्छन् ।
९)पुतलीले खुट्टाबाट स्वाद थाहा पाउँछ ।
१०)उफ्रन नसक्ने जनावर हात्ती मात्र हो ।
११)विगत ४०००वर्षमा कुनै पनि नयाँ जनावरलाई घरपालुवा बनाइएको छैन ।
१२)औसतमा भन्नुपर्दा मान्छे मृत्यु भन्दा बढी माकुरोसँग डराउँछन् ।
१३)मात लागेपछि कमिला जहिलेपनि दायाँपट्टि ढल्छ ।
१४)मृत्युदण्ड दिनका लागि बनाइएको विद्युतीय कुंर्सी एक दन्तचिकित्सकले आविष्कार गरेका हुन् ।
१५)अधिकांश लिपस्टिकमा माछाको कल्ला प्रयोग गरिएको हुन्छ ।