काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन् ।
उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका हुन् ।
एमाले सांसद ज्वालाकुमारी साहले बोलेलगत्तै सांसदहरूले नाराबाजी र वेल घेराउ गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेपछि बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।