• जेष्ठ २८ २०८२, मंगलवार

टेलिकमको हराएका रिचार्ज कार्ड खरिद गरे मोबाइलमा लोड नहुने, ठगीबाट कसरी जोगिने ?

श्रावण २५ २०८०, बिहीबार

काठमाडौं । बुधबार नेपाल टेलिकम (नमस्ते) को २० हजार रिचार्ज कार्ड हराएको समाचार आएसँगै अब के हुन्छ भन्ने खुलदुली सबैमा भएको हुनुपर्छ । रु. ५० का दरका रिचार्ज कार्डको मूल्य हिसाब गर्ने हो भने १० लाख रुपैयाँ हाराहारी हुन जान्छ ।

तर, ती रिचार्ज कार्ड सम्बन्धित ठाउँसम्म नपुग्दै हराएकाले एक्टिभेट भइसकेका छैनन् । जसले गर्दा उक्त रिचार्ज कार्ड कागजको टुक्रा समान भएका छन् । अर्थात् हराएका रिचार्ज कार्डमध्ये कुनै पनि रिचार्ज कार्ड प्रयोग गर्दा सिममा ब्यालेन्स लोड हुँदैन ।

टेलिकमले सूचना जारी गर्दै ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद तथा बिक्री वितरण नगर्न ग्राहक तथा वितरकहरूलाई अनुरोध गरेको छ ।

यसबाट जोगिन तपाईंले रिचार्ज कार्ड खरिद गर्दा सिरियल नम्बर ख्याल गर्नुपर्ने हुन्छ । तपाईंले खरिद गरेको ५० रुपैयाँको नमस्तेको रिचार्ज कार्डमा ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० बीचको कुनै पनि नम्बर छ भने रिचार्ज खरिद नगर्नुहोस् । यदि उक्त सिरियल नम्बरका रिचार्ज कार्ड कतै भेटाएमा नजिकैको टेलिकम कार्यालयमा बुझाइदिनुहाेस् ।

ठगिबाट जोगिन अनलाइन रिचार्ज गर्नुहोस्

अनलाइन रिचार्ज गर्ने बानी बसाल्नुहोस् । अहिले डिजिटल वालेट, मोबाइल बैंकिङ लगायतका माध्यमबाट मोबाइलमा टपअप गर्न सकिन्छ । त्यस्तै पसलहरूमा पनि अहिले अनलाइनबाटै टपअप गरिदिने प्रवृत्ति बढेको छ । रिचार्ज गर्दा अनलाइन टपअप गर्ने/नगर्ने सोध्नुहोस् । यदि टपअपको सुविधा छ भने त्यही तरिका अपनाउनुहोस् ।