• जेष्ठ २८ २०८२, मंगलवार

सुनकाण्ड छानबिन गर्न अर्को समिति बनाउँदा अनुसन्धान प्रभावित हुन्छ : वामदेव गौतम

श्रावण २४ २०८०, बुधबार

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले सुन तस्करी लगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउनै पर्ने बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले सुन तस्करी, नक्कली भुटानी शरणार्थी र ललितानिवास प्रकरणको अनुसन्धान सुरु गरेर सरकारले राम्रो काम गरेको बताए ।

यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पर्याउन उनले जोड दिए । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने मागले अहिलेको अनुसन्धान नै प्रभावित हुने उनको भनाइ छ ।

उच्चस्तरीय छानबिन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यादेशको प्रश्न उठाइन सक्ने भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले समेत राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताए । प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको भए अविश्वासको प्रस्ताव ल्याउन उनले सुझाव दिए ।

उनले सरकारका निकायले नै छानबिन गरिरहेकाले पर्खनुपर्ने र त्यसपछि मात्र उच्चस्तरीय समितिको माग गर्नुपर्ने धारणा व्यक्त गरे ।