• जेष्ठ २८ २०८२, मंगलवार

संखुवासभा कारागारबाट भाग्दा पक्राउ परेका दुई कैदीबन्दीको मृत्यु

श्रावण २४ २०८०, बुधबार

काठमाडौं । संखुवासभा कारागारबाट भाग्दा पक्राउ परेका दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी छन् । बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।

कारागारको शौचालयको रड काटेर भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर कारागार ल्याएको र कारागारभित्र झडप हुदाँ उनीहरु घाइते भएर अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी  घिमिरेले जानकारी दिए । उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।