• जेष्ठ २८ २०८२, मंगलवार

टेकुमा जनजाति कार्यकर्तामाथि प्रहरीले कुटपिट गरेको घटना छानबिन गर्न समिति गठन

श्रावण २३ २०८०, मंगलवार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं टेकु अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको विषयमा छानबिन समिति गठन भएको छ ।
मगर तथा तामाङ समुदायले अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी परिसर अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनीमाथि कुटपिट गरेको भन्दै गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रहरीले नियन्त्रणमा लिनेक्रममा कुटपिट गरेको गुनासोपछि छानबिन समिति गठन गरिएको बताए ।

उक्त समितिमा कोको छन् भन्ने खुलिसकेको छैन । अधिवक्ता भगवती पाण्डेले तामाङ, मगर समुदायप्रति लक्षित गरी विवाह बारे दिएको अभिव्यक्तिपछि मगर र तामाङ समुदायले साउन १७ गते टेकुमा प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा  प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण लिने क्रममा प्रहरीले कुटपिट गरेको र कुटपिट गर्नेमाथि कारबाही गर्नुपर्ने भन्दै उनीहरूले सोमबार गृहमन्त्री श्रेष्ठसँग भेटेका थिए ।