• जेष्ठ २८ २०८२, मंगलवार

अविरल वर्षासँगै काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ डुबानमा

श्रावण २३ २०८०, मंगलवार

काठमाडौं ।   गएरातिदेखि भारी वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेको छ ।

बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेकाले । बागमति, विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह निक्कै बढ्दो छ ।

उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अविरल वर्षासँगैको बाढीका कारण काठमाडौँको कपन, मुलपानी, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेका छन् । सामाखुसीको रेडन कलेज डुबानमा परेपछि पठनपाठन अवरुद्ध भएको छ ।