अन्तरीक्ष यात्रा अहिले पत्याउने कुरामा परिणत भएको छ । पहिले पत्याउनै नसकिने र विश्वास नै गर्न नसकिने थियो । आकाश र हावामा कसरी पर्यटक बनेर जान सक्छ भनी धरतीमा खुट्टा टेकेर उभिएका मानिस जिब्रो टोक्थे ! खोइ, आज त्यो विज्ञान तथा प्रविधिका कारण पत्याउने र ‘भिजुल’ दृष्य हेरेर मजा लिने भइसक्यो ।
अब त अन्तरीक्षमा जान पनि टिकेट ‘बुकिङ’ हुने बेला आइसक्यो
अहिलेसम्म अन्तरीक्ष यात्रा फगत मनोरञ्जनका लागि मानिएको छ । नौलो भएका हुनाले पनि आर्थिक हैसियत भएका मानिस अन्तरीक्षमा पुग्ने र आफूलाई एक सौखिनका रूपमा देखाउने गरिरहेका छन् । यो अन्तरीक्ष यात्रा हालसम्म पृथ्वीको अर्ध परिक्रमण, पूर्ण परिक्रमण र चन्द्रमामा जाने गरी तीन किसिमका रहेका छन् ।
गुरूत्वाकर्षणको क्षेत्रभन्दा बाहिर रहेर हावामा केही दिन वा पल बिताउनुको मज्जा पनि भिन्दै हुन्छ
पृथ्वी र अन्य ग्रहहरू बाटुला वा गोला छन् भन्ने विश्वास अन्तरीक्षमा गएपछि व्यवहारतः देख्न पाइन्छ । पृथ्वी हरियो गोलो ग्रहका रूपमा देखा पर्दछ । आकाश पिण्ड नै पिण्डको झुण्ड नै झुण्ड हो भन्ने पनि विश्वास लाग्छ । सन् २००१ देखि सन् २००९ सम्म ७ अन्तरीक्ष यात्रीले ८ फ्लाइट अन्तरीक्ष यात्रा गरिसकेका छन् । यो पनि केवल रूसको सोयुज अन्तरीक्ष यानबाट मात्र !
अन्तरीक्ष यात्राको अब त इतिहास नै बनिसकेको छ
रूसले सोयुज मार्फत् मानिसलाई पृथ्वीबाट छुटेको फ्लाइट अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेशनमा पुर्याउँछ । त्यहाँबाट वरपर घुमाउने गर्दछ । पृथ्वीमा झैं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेसनहरू अन्तरीक्षमा बनिसके, सुन्दै र देख्दै रमाइलो कुरा !
तर टिकट भने निकै महङ्गो ! एक ट्रिपका लागि २० देखि २५ मिलिअन अमेरिकी डलर !
त्यसपछि रूसले अन्तरीक्षमा मानिस लैजान केही कमी गर्यो पनि । किनभने अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेशनमा अरू देशहरूले अन्तरीक्ष यात्री पठाउन थालेपछि त्यहाँ भीडभाड हुन थाल्यो । एकअर्कामा सहमति गर्नु पर्ने पनि भयो । आखिर व्यापारको कुरो ! अमेरिकाले भने अहिले प्राइवेट अन्तरीक्ष यान पनि जान दिएको छ ।
विश्वका धनाढ्य एलन मस्कको स्पेस एक्स र जेफ बेजोसको ब्लु ओरिजिन अहिले चर्चामा रहेका प्राइवेट अन्तरीक्ष यानहरू हुन्