काठमाडौं । कांग्रेस भ्रातृ संगठन नेपाल महिला संघको असन्तुष्ट समूहले संघकी अध्यक्ष उषा राउत मश्रलिाई बर्खास्त गर्न माग गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महलाि संघका असन्तुष्ट २० जना केन्द्रीय सदस्यहरूको समूहले संघकी अध्यक्ष राउतलाई बर्खास्त गर्न सभापती शेरबहादुर देउवासँग माग गरेको हो ।
विधान विपरीत जिल्लाका निर्वाचित समिति भंग गर्ने काम बन्द गर्न पनि असन्तुष्ट समूहले अध्यक्ष राउतलाई आग्रह गरेको छ । असन्तुष्ट समूहले तीन दिनभित्र विधान विपरीतका काम नसच्याए देशभर समानान्तर समिति बनाउने चेतावनी दिइएको छ ।
असन्तुष्ट समूहले सभापती देउवालाई आफूहरूले ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएको बताएको छ । अध्यक्ष राउतले एकलौटी ढंगले निर्वाचित सभापती हटाएर नयाँ अध्यक्ष ल्याउने काम गरिरहेको असन्तुष्ट समूहले आरोप लगाएको छ । आफूहरूसँग सरसल्लाह नै नगरी जिल्ला अध्यक्ष तोकेकोमा पनि असन्तुष्ट समूहको आपत्ती छ ।